राप्रपाको युवा मोर्चामा पाण्डे, किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा
किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले गुरुङ नेतृत्वको अभियानलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपामा समाहित गरेका हुन् ।
राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान समाहित भएको थियो । यस्तै पार्टी एकताका लागि विभिन्न समूहसँग औपचारिक अनौपचारिक संवाद र छलफल पनि चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरि गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ । मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे चयन भएका छन् ।
अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएका छन् । यसअघिका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चाले नेतृत्व परिवर्तनका लागि पार्टीलाई आग्रह गरेको थियो ।
यसैबीच राप्रपाले चैत २५ गते काठमाडौंमा स्थानीय तहको निर्वाचन केन्द्रीत आमसभा गर्दैछ, यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण