लक्ष्मी बैंक र भारतीय बैंकबीच सम्झौता
बिहीबार, १७ चैत २०७८, १२ : ५३

लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्ष्ँर गरेका छन् ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले विश्वास लिएको छ ।
साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा समेत बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न
-
१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म
-
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
-
जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ