एआईजीमा बढुवा भएका ३ जनालाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।
बिहीबार बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको हो ।
बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । तर, बढुवा उपरको उजुरी सुन्ने समितिले सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । बढुवाविरुद्ध उजुरी गर्ने डीआईजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण