सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एआईजीमा बढुवा भएका ३ जनालाई दर्ज्यानी चिन्ह प्रदान

बिहीबार, १७ चैत २०७८, १६ : ३८
बिहीबार, १७ चैत २०७८

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।  

बिहीबार बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको हो । 


बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । तर, बढुवा उपरको उजुरी सुन्ने समितिले सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआईजी​हरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । बढुवाविरुद्ध उजुरी गर्ने डीआईजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप