उपत्यकाका ट्राफिक प्रहरीले डियुटीमा डायरी र कलम बोक्नु पर्ने
काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डियुटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डियुटीमा खटिँदा हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित उत्तरदायी अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।
यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौं उपत्यकामा कार्यरत झन्डै १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् । ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए ।
डियुटीको समयमा सवारी दुर्घटनाको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए । सोही कार्यक्रममा बिहीबारदेखि डियुटीका समयमा सम्पूर्ण ट्राफिक प्रहरीले अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने निर्देशनसमेत उनले दिए। कार्यक्रममा महाशाखामा कार्यरत ट्राफिक प्रहरी अधिकृतहरू तथा मातहतका सम्पूर्ण इन्चार्जहरुकाे उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण