पुटिनले गरे अमेरिका र बेलायतको खण्डन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरूले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ । पुटिनले फेब्रुअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त यूक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए ।
पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भन्ने बारेमा वास्तविक जानकारी छ भन्ने देखिएको छ ।” उनले थपे, “उनीहरुले राष्ट्रपति पुटिनलाई बुझ्दैनन्, निर्णय लिने मेहेनत बुझ्दैनन् र हाम्रो कामको शैली पनि बुझ्दैनन् ।”
बेलायतको गुप्तचर निकाय (जीसीएचक्यू) का प्रमुख जेरेमी फ्लेमिङले बिहीबार रुसी सेनाको प्रगति र युक्रेनी प्रतिरोधको अवस्थाबारे ‘पुटिनका सल्लाहकारहरू उनलाई सत्य बताउन डराउने गरेको’ बताएका थिए । ह्वाइट हाउसले यसअघि रूसले गुप्तचर निकायले तहगत सूचनाबारे जानकारी पुटिनलाई तहगत जानकारी नदिएको र उनीहरूसँग पुटिनको सम्बन्ध बिग्रिएको दावी गरेको थियो ।
पुटिनले रूसी सेनाको कारबाहीबाट बहकिएको महसुस गरेको ह्वाइट हाउस संचार निर्देशक केट बेडिङफिल्डले बताउनुभएको थियो । बादीहरूबारे स्वतन्त्र रूपमा कुनै पुष्टि गर्न अमेरिकाले नसकेको मस्कोका अधिकारीहरूले बताएका छन् ।
पेस्कोभले त्यस्ता दाबीहरू ‘दुःखको कुरा मात्र होइनन्’ तर यसले चिन्ता उत्पन्न गर्छ, किनभने त्यस्तो पूर्ण बुझाइले गलत निर्णयहरू तर्फ डो¥याउँछ, हतारमा निर्णयहरू गर्दा यसले धेरै खराब परिणामहरू ल्याउनसक्ने पेस्कोभको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण