हिमालयन हाइड्रो एक्स्पोको समय तालिका परिवर्तन
हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको निर्धारित समय तालिका परिवर्तन भएको छ । यसअघि चैत्र १८ अर्थात शुक्रबारदेखि २० गतेसम्मलाई तय गरिएको एक्स्पो चैत्र १९ गते अर्थात आउँदो शनिवार एक दिन मात्रै हुने भएको हो ।
बिहिबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी चैत्र १८ गते भोली घोडेजात्रा परेको र कार्यक्रम स्थल भृकुटीमण्डप वरपर सुरक्षा निकायले यातायातका साधन प्रवेशमा नियन्त्रण तथा व्यवस्थापन गर्ने देखिएकोले यस अघि तय गरिएको मिति परिवर्तन गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष मोहन कुमार डाँगीले एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै यसअघिको समय परिवर्तन गरी शनिवार एक दिनका लागि मात्रै एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामाग्रीका सप्लायरसँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ । एक्स्पोमा राखिने स्टलमध्ये आधाभन्दा बढी विदेशी हुने इप्पानका उपाध्यक्ष गर्गले जानकारी दिए ।
उनले एक्स्पोमा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने पनि जानकारी दिए । यस्तै, यसपटकको एक्स्पोमा ऊर्जासँग सम्वन्धित नयाँ प्रविधिका साथै पावर रोबोथन ( हाइड्रोकर्न २ दशमलव शून्य) ब्याटल रोबोट्स तथा हाइड्रो पावर लाइभ डेमोन्स्ट्रेशन आकर्षण बन्नेछ । यसका साथै एक्सपोमा आएका इच्छुक अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण समेत गराउने व्यवस्था गरेको इपान उपाध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण