विपन्नको घरको छाना फेरिए
लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ । नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो । बेँसीशहर नगरपालिका-११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।
बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् । उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार प्रदान गरिएको बेंसीशहर नगरपालिकाले जनाएको छ । उनी मात्र होइन बेसीशहर नगरपालिका-३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै १० हजार नगरपालिकाबाट लिइन् उनी अहिले जस्तापाताले छाएको घरमा बसेकी छन् ।
विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्यांक संकलन गरी नगरपालिकाभित्रका एक सय ७ घर जस्तापाताले छाइएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने नगरपालिकाभित्र १ सय १६ घर खरको छानाका थिए त्यसमध्ये एक सय १६ घरमा जस्ताको छाना लगाइयो । ‘नगरभित्रका गरीब, बिपन्न तथा असाह्यलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो ।
'नगरपालिकाले उनीहरुलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ । सबै खरले छाएका घर अब जस्तापाले छाएको छौं,’ उनले भने । बेसीशहर नगरपालिका ६ सारिङ फाँटका लिलाबहादुर घर्तीको घर यसअघि ढुंगा माटो र खरले बनाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले घरको छानोमा जस्तापाताले छाउन सकेका थिएनन् । ‘टीनले छाएर बस्ने धोको पहिल्यै देखि थियो । तर, कसरी छाउने । पैसा थिएन । अहिले पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु । आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मिघेन्द्र पोखरेलले बताए । उनका अनुसार विपन्न नागरिकको घर जस्तापाताले छाउनका २१ लाख रुपियाँ बजेट बिनियोजन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण