अधिकांश स्थानीय तहमा उम्मेदवारी दिन्छौं : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दावी गरे ।
‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ’, उनले भने । लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गरे ।
उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै स्थानीय तह भने आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जान सकिने बताए । राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गरे ।
उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर हुँदै उदयपुर गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण