मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालका डाक्टर मृत भेटिए

शनिबार, १९ चैत २०७८, ०९ : १४
शनिबार, १९ चैत २०७८

विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई  विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् । 

एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप