शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा मन्त्री पौडेल
शनिबार, १९ चैत २०७८, १७ : १४
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । मन्त्री पौडेलले शनिबार ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । प्राथमिक तहको परीक्षा निरीक्षण गर्दै मन्त्री पौडेलले परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिए ।
परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका थिए । आयोगले लिएको माध्यमिक तहको परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिए । उनले परीक्षा अर्मादित क्रियाकलाप रहित सम्पन्न भएको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण