मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान कार्यक्रम
आइतबार, २० चैत २०७८, १२ : ०९
मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान सम्पन्न भएको छ । आइतबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ : नदी जोगाऔँ भन्ने आव्हानसहित जागरण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाऔँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियान गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा आयोजना गरी सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस