मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान कार्यक्रम
आइतबार, २० चैत २०७८, १२ : ०९
मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान सम्पन्न भएको छ । आइतबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ : नदी जोगाऔँ भन्ने आव्हानसहित जागरण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाऔँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियान गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा आयोजना गरी सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण