औद्योगिक पूर्वाधार निर्माणमा निफ्राले लगानी गर्ने
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सिमरा विशेष आर्थिक क्षेत्रमा लगानी गर्ने भएको छ । सिमरामा लगानी गर्न निफ्रा र विशेष आर्थिक क्षेत्र (सेज)ले सम्झौता गरेका हुन् । यो सम्झौतासँगै सिमरामा विशेष आर्थिक क्षेत्र बनाउन निफ्राले लगानी गर्ने छ ।
सेजका कार्यकारी निर्देशकले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सिमरामा आर्थिक क्षेत्र बनाउने गरि निफ्राले लगानी गर्ने छ । योसहित निफ्राले पाँचखालमा बन्ने सेजमा समेत लगानी सम्बन्धी अध्ययन गर्ने छ ।
सम्झौताअनुसार निफ्राले सिमरा सेजको ब्लक ‘बी’ र ‘सी’मा लगानी गर्ने छ । यसबोहक, निफ्राले सिमरामा लगानी गर्ने लगानीकर्ताको खोजी समेत गर्ने छ । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले एक्लैले पनि लगानी गर्न सक्छन्’ भट्टले रातोपाटीसँग भने, ‘लगानीकर्ताले सरकारी साथ खोजेमा सरकारले समेत लगानी गर्न सक्छ ।’
सिमरा सेजमा उद्योग स्थापनको पूर्वाधार निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लागत लागत लाग्ने अनुमान छ । यो सेजमा भन्सार, बैंक, बिजुली, पानी, सडकमार्ग, गोदाम लगायतका औद्योगिक पूर्वाधार बन्छन् । सिमराको २०० बिघा जमिनमा ‘बी’ ब्लकमा १२८ र ‘सी’ ब्लकमा ५० वटा प्लट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण