गाडी लगायत विलासी वस्तुको एलसी रोक्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेकका सम्पूर्ण आयातित वस्तुको एलसी बन्द गर्न बैकहरुलाई निर्देशन गरेको छ । सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर बैंकले यस्तो निर्देशन दिएको हो ।
गाडी लगायत अन्य विलासिताका वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दै नखोल्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई भनेको छ । पछिल्लो समय तीब्र आयातका कारण सोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्राको सञ्चितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।
उसो त केही दिनअघि वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा अर्थ समितिले बोलाएको बैठकमा बैंकहरुले एलसी रोक्ने नीति लिन सरकारलाई आग्रह गर्दै सो निर्देशन कार्यान्वयन गर्न आफुहरु तयार रहेको बताएका थिए ।
तीव्र आयातलाई नियन्त्रण गर्नकै लागि यसअघि राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म एलसी मार्जिनको व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण