खाली खुट्टा फिल्म हल पुगे रामचरण
साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा आफ्नो फिल्मको लागि दर्शकको माया कस्तो रहेछ भनेर हेर्न गएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रामचरणलाई फिल्म हलमा देखेका दर्शक निकै उत्साहित देखिन्थे । उनलाई छुन खोजेका दर्शकको भिड थियो । रामचरण फिल्म हलमा कालो कुर्ता र पायजामा लगाएर हातमा सुन्तला रङको कपाड र घाँटीमा रुद्राक्षको माला लगाएर पुगेरका थिए । भने, उनले खुट्टामा जुत्ता–चप्पल केही लगाएका थिएनन् ।
रामचरण अय्यप्पा स्वामीका भक्त हुन् । उनी यसरी नै माला लगाएर धेरै पटक मन्दिर जाने गरेका छन् । उनी ४१ दिनसम्म शाकाहारी खाना नै खानेछन् । उनले केरलामा भएको सबरीमालामा अय्यप्पा स्वामी मन्दिरमा गएर अनुष्ठान समापन गर्नेछन् । उनी २० वर्षदेखी स्वामीका भक्त हुन् । उनी सधैं चन्दनको टीका लगाएर हिँड्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण