सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।
छोटो समय आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका पुष्पराम केसी मेरिट लिस्टको एक नम्बरमा छन् । पौडेल मेरिट लिस्टको दुई नम्बरमा छन् । अर्धसैन्य संगठन सशस्त्र प्रहरीमा बरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरु बताउँछन् ।
पुष्पराम केसी अहिले कार्य तथा सिमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवस्रोत विभाग प्रमुख छन् । सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरु दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
२० दिनका लागी आईजीपी नियुक्त गरेसँगै रिक्त हुने एकजना एआईजीको सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धाका एक नम्बरमा डीआईजी राजु अर्याल छन् । मेरिट लिस्टको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।
अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम चाहिँ २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । मेरिट लिस्टको एक नम्बरमा रहेका अर्याललाई भावी महानिरीक्षकको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण