शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले युरोपमा थप लडाकु विमान बेच्ने

मङ्गलबार, २२ चैत २०७८, १३ : ३२
मङ्गलबार, २२ चैत २०७८

अमेरिकाले बुल्गेरियालाई १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले केही संख्यामा एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो ।

राज्य विभागले यो सम्झौता सोमबार पारित गरेको हो । ८ वटा लडाकु विमानका अलावा यसमा  केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी (डीएससीए) ले जनाएको छ ।

‘यो प्रस्तावित बिक्रीले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा लक्ष्यलाई समर्थन गर्छ । यसले नेटोको सदस्यको सुरक्षामा सुधार गर्ने छ,’ एजेन्सीले जनाएको छ । यसले बुल्गेरियन वायु सेनालाई काला सागर क्षेत्रमा नियमित रुपमा आधुनिक लडाकु विमान परिचालन गर्नका लागि अनुमती दिन्छ ।

यद्यपि डीएससीएले यो बिक्रीले क्षेत्रमा आधारभूत सैन्य सन्तुलनको विकल्प नभएको जनाएको छ । यदि सांसदहरुले स्वीकृति प्रदान गरेमा  अमेरिकी सम्झौताकारहरु बुल्गेरियामा तीन वर्षसम्म विमानको लजिस्टिक सपोर्टका लागि बस्नेछन् ।

यो लडाकु विमान लकहिड मार्टिनले उत्पादन गरेको हो र अमेरिकी हतियारमा उत्कृष्ट मध्येको एक बहु भूमिका भएको लडाकु विमान हो । यो विमान हाल विश्वका २५ सेनाले संचालन गरिरहेका छन् । २००४ देखि नेटोको गठबन्धनको सदस्य रहदै आएको बुल्गेरियाले पुरानो भइएसकेको सोभियत युगको मिग–२९ लडाकु विमानलाई विस्थापित गर्ने विकल्पको रुपमा प्रयोग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप