महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसन लज एण्ड बारमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडास्थितडि डेस्टिनेसन लज एण्ड बारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पछि बैंकको डेबिटकार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग जनतालाई साक्षात्कार गराउने अभिप्रायले बैकले विभिन्न शाखाहरूबाट जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएको छ ।
बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै जनाएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज बनाउन VISA EMV chip based travel Card, eCommerce card / Dollar card जारी गरेको छ । chip based Travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी बैंक महालक्ष्मी विकास रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश