कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बुधबार, २१ जेठ २०८२, २२ : ३७
सारांश
- मोडल रिया गुरुङले तनहुँको कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिन्।
- कलाकार गुरुङले विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन सहयोग गरेको बताइन्।
- विद्यालयका प्रधानाध्यापक सुर्यमान गुरुङले रियाको सहयोगको प्रशंसा गर्दै यसले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए।
काठमाडौँ। मोडल तथा कलाकार रिया गुरूङ (उजेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको शैक्षिक सामग्री वितरण गरेकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
कलाकार गुरुङले यो सहयोग प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।
वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सुर्यमान गुरुङले सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका थिए। उनले भने, ‘रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउने छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण