चोभार सुख्खा बन्दरगाहलाई रेल मार्गसँग जोड्नु पर्ने माग
चोभार सुख्खा बन्दरगाहलाई सडकमार्ग मात्रै नभएर रेल मार्गसँग जोड्नु पर्ने माग गरिएको छ । मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुका अध्यक्षहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुख्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए । उनले सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नु पर्ने बताए । अध्यक्ष गोल्छाले चोभार सुख्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोषेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए । उनले काठमाडौं उपत्यकामा सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा नीजि क्षेत्र उत्साहित भएको बताए ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्र्दभिकता बढ्ने बताए । उनले सरकारले चोभार सुख्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने वाताबरण सरकारले बनाउनु पर्ने बताए ।
यस्तै,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोड्नु पर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात गर्ने व्यवसायलाई व्यवस्थित गर्ने बताए ।
अध्यक्ष मल्लले बन्दरगाहबाट काठमाडौंमा उत्पादन हुने वस्तु निर्यातको लागि महत्वपूर्ण योगदान हुने बताए । उनले बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वावर प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाह भित्र व्यवस्था गर्नु पर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण