शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५G​ बजारमा

बुधबार, २३ चैत २०७८, १७ : ३६
बुधबार, २३ चैत २०७८

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५G​ नेपालमा लन्च गरेको छ । प्रत्येक वर्ष एकसेएक नयाँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउँदै आएको शाओमीले यो वर्ष पनि पावर फुलअप ग्रेड सहित  नयाँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सिमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको जनाएका छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, “हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५G​ ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँच योग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ ।   

उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा 
१०८एमपिको प्राइमरी सेन्सर भएको फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्ने बताइएको छ । यस्तै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङलक्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सकिने कम्पनिले जनाएको छ  । यसमा भएको  १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सकिने जनाइएको छ ।  

FHD± AMOLED DotDisplay, 120Hz  को रिफ्रेस रेट र ट्रेण्डी फ्ल्याट एज बडी 
120Hz​ को रिफ्रेस रेट र 360Hz सम्मको टच स्याम्प्लिङ् रेट भएको रेडमि नोट ११ एस् र रेडमि नोट ११ प्रो ५G​ को ल्यागफ्री ट्रान्जिसन, स्मुथएनिमसन र प्रेसाइजफिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स पनि दिने कम्पनिले बताएको छ । दुईवटै फोनमा DCI–P3 वाइड कलर गेमुट सहितको FHD± AMOLED डट डिस्प्ले रहेको र जिवन्त रङहरु तथा राम्रो डिटेलहरु देख्न सकिने पनि बताइएको छ  ।  
 
पावर र स्पिडको जोडदार संयोजन 
पावर फुलपर्फर्मेन्सको लागि रेडमि नोट ११ प्रो ५ G मा अड्भान्स्ड अक्टा कोर Snapdragon®695 ​ प्रोसेसर प्रयोग गरिएको छ । यस्तै रेडमि नोट ११एस्फ्ल्यागशिप लेभल टलm टेक्नोलोजी, २.२ गिगाहर्ज सम्मको क्लक स्पिड, अड्भान्स्ड अक्टा कोर मिडियाटेक हेलियो G96​, ८ जिबि RAM​ ५ द्न्सG सपोर्ट गर्ने चिपसेट सहित आउने जनाइएको छ  । यस्तै दुइवटै डिभाइसमा ५००० एमएएचको ब्याट्रि रहेको छ । रेडमि नोट ११ प्रो ५G मा भएको फ्ल्यागशिप ६७ वाटको टर्बोचार्जिङले १५ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ भने रेडमि नोट ११ एस्मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ जसले एक घण्टामै ब्याट्रि फुलचार्ज गर्न सक्ने बताइएको छ ।  

बजारमा उपलब्धता
रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो ५G​ ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ। यी दुइवटै फोनहरु ६जिबि+१२८ जिबि र ८जिबि + १२८जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुने कम्पनिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप