लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : मेटमणि चौधरी
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए।
‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका बस्यो । हामीलाई अबेला बैठकमा आउन फोन गरिएको थियो । हामी चुनावी चटारोका कारण उपस्थित हुन सकेनौ। गठबन्धनमा खटपट भएर वा अन्य कुनै नियत राखेर हामीलाई छुटाएको होइन’ रातोपाटीसँग कुरा गर्दै चौधरीले भने, ‘सत्ता गठबन्धनको आजपनि बुटवलमा बस्दै छ, त्यहाँ आज हामी सहभागी हुँदै छौ।’ प्रदेशमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै समस्या नभएको चौधरीले जिकिर गरे।
एमाले जस्तो प्रतिगामी पार्टीलाई अगामी चुनावबाट ठेगान लगाएर छोड्ने बताए। लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। ती सबैमा पाँच दलीय गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण