ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा
बिहीबार, २४ चैत २०७८, १८ : ३१

ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
लहान नगरपालिका वडा नम्बर ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।
साथै, कटारी नगरपालिका वडा नम्बर ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे ।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
१० बजे १० समाचार : कालोसूचीमा परेको कम्पनीलाई करोडौँको ठेक्का, सचिव हुन नपाएपछि मन्त्रालय गइनन् संगीता
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !