राप्रपा नेपालको घोषणापत्रमा यस्ता छन् जनता केन्द्रीत १४ विशेष कार्यक्रम
कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि जनता लक्षित १४ विशेष कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा पार्टी विजयी भएमा अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
यस्तै स्थानीय तहका परिवारका “आमा र नाबालक” लाई संयुक्त रुपमा शिक्षा, स्वास्थ्य र पोषणको ग्यारेन्टीका लागि मासिक रकम अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । यसैगरी पालिकाका वडाहरूमा फूसको छाना लगाएका घरहरुमा जस्ताको छाना लगाउन चाहने घरधनीलाई ५० प्रतिशत वा बढीमा २० हजार रुपैया अनुदान दिने, गाउ“पालिकामा शौचालय नभएका घरमा शौचालय निर्माण गर्न ५० प्रतिशत वा बढीमा १० हजार रुपैयॉ अनुदान दिने जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ।
यस्तै पालिकामा स्थायी बसोबास भएका तर अभिभावकविहीन बन्न पुगेका १८ वर्षमुनिका बालबालिकालाई पालिकाहरुले संरक्षकत्व ग्रहण गर्ने, गाउँपालिकाहरुबाट अनुदान प्राप्त गर्ने विद्यालयहरुमा अति विपन्न परिवारका विद्यार्थीहरुलाई उच्च माध्यमिक तहसम्मको पढाई निःशुल्क गरिने, वैदेशिक रोजगारीमा जाने अति विपन्न परिवारका सदस्यहरुलाई स्थानीय पालिकाहरुको रोजगार कल्याण कोष वा वित्तीय संस्थाबाट सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउने, स्थानीय पालिकाका गरिबीको रेखामुनि रहेका विपन्न परिवारका साथै तराई–मधेस वा अन्य क्षेत्रका उत्पीडित वर्गको परिवारका एक सदस्यलाई ‘एक परिवार, एक रोजगार’ कार्यक्रम अन्तर्गत रोजगारी दिने पनि कार्यक्रममा उल्लेख छ।
यस्तै महानगरपालिका तथा उपमहानगर पालिकाहरुले ध्वनी तथा वायु प्रदूषणलाई नियन्त्रणलाई प्राथमिकता दिने, गाउ‘/नगर पालिकाका सार्वजनिक स्थान र सघन बसोबास भएका सडक किनाराका क्षेत्रमा सोलार सडकबत्ती जडान गर्ने, ग्रामीण किसानको उत्पादकत्व र मुनाफा अभिवृद्धि गर्न प्रत्येक पालिकाले आफ्नो क्षेत्रमा उत्पादन हुने कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने पनि कार्यक्रममा उल्लेख छ ।
यसबाहेक पालिका भित्रका घर पालुवा पशु धनको बिमा गर्ने, गाउ‘/नगर पालिकाको तुलनात्मक लाभको सम्भाव्यता अध्ययन गरी सहकारीको अवधारणामा ‘एक गाउ“, एक उत्पादन’ अभियान संचालन गर्ने, । जनताद्वारा वडा स्तरीय सडक, ढल र बर्थिङ्ग केन्द्र सहितको स्वास्थ्य चौकी बनाउन चाहेमा स्थानीय पालिकाले ६० प्रतिशतसम्म रकम शोधभर्ना (म्याच) गर्न सक्ने जस्ता कार्यक्रम राप्रपा नेपालले तय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
