आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शरीरमा खराबी भएपछि देखिने ८ संकेत

शनिबार, २६ चैत २०७८, १३ : ३६
शनिबार, २६ चैत २०७८

विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत स्वास्थ्यका ६ प्रकार हुन्छ । जसमा शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, वातावरण र आध्यात्मिक स्वास्थ्य आदि समावेश हुन्छन् । स्वस्थ हुनका लागि यी सबै तरिकाले स्वस्थ हुन आवश्यक छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनु सबै नागरिकका लागि जरुरी भएको बताएको छ । स्वस्थ व्यक्ति लामो समयसम्म जीवित रहन्छन् र अत्यधिक उत्पादक हुन्छन् । विश्वभरका मानिसहरु भयानक रोगबाट पीडित हुने गरेका छन् । पछिल्लो समय अश्वस्थकर खानेकुरा र जीवनशैलीका कारण समस्याहरु देखिने गरेका छन् । शरीरभित्र रोग लागेका केही संकेतहरु शरीर बाहिर देखिन्छन् । 

तौल घट्नु 

अमेरिकी क्यान्सर समुदायका मुख्य क्यान्सर नियन्त्रक अधिकारी (एमडी) रिचर्ड भेन्डरका अनुसार यदि कुनै खानेकुरा र व्यायामबिना १० पाउण्डभन्दा बढी तौल कम भयो भने चेकजाँच गराउन आवश्यक छ । अचानक तौल कम हुनु अन्नाशय, पेट र आमाशय वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ । 

दाँत भाँच्चिनु

युनिभर्सिटी अफ नर्थ क्यारोलिना स्कुल अफ मे ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) विशेषज्ञ (एमडी) इभान डेलनले जो व्यक्तिको बारम्बार दाँच भाँचिन्छ उनीहरुमा एसिड रिफ्लेक्सनको समस्या हुन्छ । एसिडका कारण दाँत टुक्रिने गर्छ । 

 घुर्नु 

राति सुतेको समयमा अत्यधिक मात्रामा घुर्नु पनि रोगको कारण हुन सक्छ । घुर्नुले स्लीप एपनिया, अत्यधिक तौल, हृदय रोग, जीईआरडी (ग्यास्ट्रोएसोफेगल रिफ्लेक्स रोग) र स्ट्रोक आदिको संकेत हुनसक्छ । यस्तो समस्या भएमा डाक्टरको सल्लाह लिन आवश्यक छ । 

छाला सफा नहुनु

छालामा दागधब्बा हुनु गम्भीर रोगको संकेत हुन सक्छ । यदि छालामा कालो दाग देखिने, चाँयापोतो देखिने, चिलाउने आदि समस्या आउनु रोगको संकेत हुन सक्छ । यसले खराब जीवनशैली, कम निन्द्रा, खराब खानेकुरा आदि हुन सक्छ । भने, यसको कारण पेटको रोग पनि हुन सक्छ । 

आँखा सफा नहुनु 

विशेषज्ञका अनुसार यदि कोही व्यक्तिको आँखा सफा हुँदैन र पहेँलो देखिन्छ भने यसको अर्थ पित्ताशय, आमाशय, पित्त नली आदिमा समस्या हुनु हो । साथै, आँखा रातो हुनु पनि स्वास्थ्य खराब हुनु हो । 

नङहरुको रङ परिवर्तन हुनु

नङ हेरेर विशेषज्ञहरुले स्वास्थ्यको बारेमा पत्ता लगाउन सक्छन् । नङको आकार, बनावट, रङमा परिवर्तन आउनु रक्तसञ्चारमा समस्या आउनु हो । कहिले काँही धुम्रपानको कारण पनि यस्तो समस्या देखिन्छ 

पेटमा ग्यास पैदा हुनु 

यदि पेटमा बारम्बार ग्यास बन्नु पाचन प्रक्रिया सही नहुनु हो । यदि दिनमा १० देखि २० पटक ग्यास पास भइरहेको छ भने विशेषज्ञलाई देखाउन आवश्यक छ । त्यसैले ग्यास पैदा गर्ने खानेकुरा खान कम गर्नुपर्छ । 

थकान 

शरीर सधैं थकित रहन्छ भने शरीरमा समस्या भएको थाहा हुन्छ । अत्यधिक क्याफिनको सेवन, गलत जीवनशैलीका कारण पनि थकान हुने गर्छ । यस्तै, कुनै पनि कारण थकान भएको छ भने पनि यसको कारण पत्ता लगाएर समाधान गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप