डढेलो नियन्त्रण गर्न अभ्यास
कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए ।
गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन कार्यालयले आग्रह समेत गरेको छ । वनमा डढेलो नियन्त्रण गर्नका लागि फारलाइन सफा गर्ने, पातपतिङ्गर जम्मा गरेर जलाउने, मानिसको नियन्त्रणमा राखेर आगोले अनावश्यक वस्तु जलाउ समेत कार्यालयले स्थानीयवासीलाई आह्वान समेत गरेको छ । “आगो कसरी लाग्न सक्छ र यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ”, उनले भने, “वनरक्षक तथा स्थानीय उपभोक्ता लागिपरेमा न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौँ ।”
अग्नि प्रतिरोधक जमसुट, वाटर स्प्रे ,हेलमेट, स्वाटरलगायत रु डेढ लाख बरावरको सामग्री सामुदायिक वनलाई वितरण गरेको तेस्रो ध्रुव संरक्षणका निर्देशक गङ्गाराम रेग्मीले जानकारी दिए ।
अजम्मरी सामुदायिक वन समूहका अध्यक्ष सुकमाया विकले आगो नियन्त्रण गर्ने तालिम पाएकामा नियन्त्रण गर्न सहज हुने बताए । कतिपय समयमा आगो निभाउँदै गर्दा नागरिकनै आगोमा पर्ने तथा जल्ने समस्या रहेकाले अग्नि प्रतिरोधक सामग्रीले सहजता आउने जनाइएको छ । अग्नि नियन्त्रण अभ्यासलाई सहायक वन अधिकृत सञ्जय मिश्र, गणेश चौधरी र गणेश पुरीले सहजीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण