१५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
आइतबार, २७ चैत २०७८, ११ : ००
नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।
बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।
सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण