के गर्दैछन् ७७ जिल्लाका निर्वाचन कार्यालय ?
आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन आयोगका कार्यालयहरु जनशक्ति व्यवस्थापनको काममा जुटेका छन् । देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयहरु यतिबेला मतदान स्थल र केन्द्रका लागि चाहिने जनशक्तिको विवरण संकलनको काममा लागेका हुन् ।
साथै मतदान स्थल व्यवस्थापनका लागि अवलोकन काममा जुटिरहेका छन् । निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रका लागि करिब २ लाख कर्मचारी चाहिन्छन् । त्यसका लागि विभिन्न सरकारी कार्यालय कर्मचारी चयन गरेर विवरण तयार पार्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । एउटा मतदान स्थलमा कम्तीमा ७ जना कर्मचारी परिचालन गर्नुपर्ने भएकोले सोही अनुसार विवरण तयार पार्न निर्देशन दिईएको निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।
संकलन गरिएको कर्मचारीको विवरणबाट निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत तयार पाएर सबन्धित पालिकामा पठाउने तयारी रहेको उनले बताए । यस्तै मतदान स्थलका लागि चाहिने ५८ प्रकारका निर्वाचन सामग्री मध्ये १५ प्रकारका सामग्री खरिद गर्न जिल्ला कार्यालयहरुलाई निर्देशन दिइएको छ । आयोगका सहप्रवक्ता अर्यालले भने–‘केन्द्रबाट जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम सुरु भएको छ । मतदान स्थल अनुसार पठाउने सामग्रीको पोका पार्ने काम पनि भइरहेको छ । केन्द्रबाट मतदाता नामावली, मतपत्र लगायत जिल्ला खरिद गर्ने बाहेकको सामग्री केन्द्रबाट पठाइन्छ । त्यसको पनि तयारी भइरहेको छ ।’
मतदाता नामावली छाप्दै पठाउँदै गर्ने काम भइरहेको सहप्रवक्ता अर्यालले बताए । यस्तै निर्वाचन अधिकृतलाई तालिम दिएपछि आगामी बैशाख ८ गते देखि निर्वाचन अधिकृतको कार्यालय खुल्न थाल्ने जानकारी दिए । उम्मेदवारको मनोनयनको दिन भन्दा अगाडि मतदाता नामावली पठाइसक्ने निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने उनको भनाइ छ । यता काठमाडौंमा हुने निर्वाचनका लागि विभिन्न मन्त्रालय र विभाग अन्र्तगतका ८ कार्यालयबाट निर्वाचनका लागि कर्मचारी मागिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला स्तरीय जनशक्ति व्यवस्थापन संयन्त्र बनाइएको छ ।
यस्तै मतदान स्थलको अवस्था कस्तो छ त्यसको अवलोकनको काम समेत भइरहेको छ । चैत ३० गते धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको तालिम कार्यक्रम रहेको छ । सो तालिमबाट फर्किएपछि प्रत्येक पालिका स्तरीय निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी रहेको आयोगको काठमाडौं कार्यालयले जनाएको छ । निर्वाचन आयोगले २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ । सुरुमा छपाई भएको मतपत्र हिमाली तथा दुर्गम क्षेत्रमा पठाउने आयोगको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण