धक्काले फेरियो भाग्य : गलत नम्बरले १ अर्ब २० करोड रुपैयाँको इनाम दिलायो
जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नुको अलावा अरु के हुन सक्ला र ! तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ मिलेको छ । क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा लाक्वेड्रा एडवर्डस नामक महिला सुपर मार्केटमा लटरीको टिकट किन्न गएकी थिइन् ।
यो अवधिमा एक मानिसले उनलाई धक्का दिए, जसका कारण आफ्नो मनपर्ने नम्बर रोज्न पाइनन् र लटरी स्क्र्याच मेसिनमा उनको हात ४० डलरको टिकटमा थिचिन पुग्यो । उनले पछुतोका साथ जमीनमा झरेको टिकट उठाइन र धक्का दिने व्यक्तिलाई रिसाएर हेरिन् । उक्त व्यक्ति केही नबोलिकन चुपचाप निक्लेर गए ।
गलत नम्बरले फेरिदियो भाग्य
धक्काका कारण उनलाई गलत नम्बरमा दाउ लाग्यो र आफ्नो आवश्यकताको वस्तु किन्न नपाएकोमा लाक्वेड्रा रिसाइन् । उनी उक्त दिन केही अन्य सामान पनि किन्न चाहन्थिन्, तर भाग्यमा अन्य कुनै चिज थियो । लाक्वेड्राले केही दिनपछि कारमा राखिएको आफ्नो लटरी स्क्र्याच गरेपछि थाहा पाइन् जहाँ १ करोड डलर अर्थात १ अर्ब २० करोड रुपैयाँ जितेकी थिइन् ।
इनाम जितेपछि लाक्वेड्राले भनिन्,‘एक धक्काले मेरो भाग्य फेरियो । अब म उक्त अपरिचित व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । उनका कारण अब म आफ्नो प्रत्येक इच्छा पुरा गर्न सक्छु । आफ्नो घर किन्न सक्छु र मानिसको भलाईका लागि एनजीओ सुरु गर्नेछु ।’
अमेरिकामा लटरीको धेरै क्रेज
अनुसन्धान कम्पनी लेन्डईडीयूको एक रिपोर्टका अनुसार अमेरिकी नागरिक आफ्नो आयको ठूलो हिस्सा लटरीमा खर्च गर्छन् । अमेरिकाको कुल ५० राज्य मध्ये ४३ मा लटरी चल्छ, ७ राज्यमा लटरी छैन । लटरी खुल्ने सम्भावना अत्यन्त कम हुन्छ । यसका बावजुद धेरै अमेरिकी लटरीको पछि लाग्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण