निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन सञ्चार माध्यम तथा पत्रकारलाई सजग गराएको छ । काउन्सिलले सामाजिक सञ्जालमार्फत् यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।
उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी अपिलमा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन भएकाले सचेत हुन भनिएको छ ।
पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन काउन्सिलले सबैमा अनुरोध गरेको छ । काउन्सिलले स्थानीय तह निर्वाचनको मिडिया अनुगमन सुक्ष्म ढङ्गले गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण