गठबन्धनको निर्णय गर्न काँग्रेस प्रदेश समितिले पठायो प्रतिनिधि
नेपाली काँग्रेस बागमती प्रदेश समितिले जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रतिनिधि पठाएको छ । मंगलबारको गठबन्धनको शिर्ष नेतृत्वको बैठकको निर्णयको पत्राचार अनुसार प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन प्रयोजनको लागि प्रदेशका १३ वटै जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरुलाई प्रतिनिधि तोकेर पठाएका हुन् ।
सभापति बानियाँले पठाएका प्रतिनिधिहरूमा काठमाडौंमा चन्द्र महर्जन र दीर्घमानज श्रेष्ठलाई प्रदेश प्रतिनिधि तोकिएको छ भने चितवनमा मोहन बस्नेतलाई पठाइएको छ ।
रामेछापमा कञ्चनचन्द्र बादे, दोलखामा राजु श्रेष्ठ, काभ्रेमा ऋषिराम घिमिरे र रमेश कुमार बखतीलाई प्रतिनिधि तोकिएको छ । त्यस्तै सिन्धुलीमा हरिशरण श्रेष्ठ, सिन्धुपाल्चोकमा जीवन डंगोल, अर्जुनप्रसाद न्यौपाने, भक्तपुरमा निमा लामा, धादिङमा सन्तबहादुर प्रजालाई पठाइएको छ ।
रसुवामा छिरिङदोर्जे लामा, ललितपुरमा भद्रा पराजुली भण्डारी, नुवाकोटमा दिपेन्द्र आचार्य र मकवानपुरमा लामाकार्पु तामाङ, तारा गुरुङलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण