बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

बिहीबार, ०१ वैशाख २०७९, ११ : ०७
बिहीबार, ०१ वैशाख २०७९

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ । बै‌ंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको  औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिँदै आइरहेको छ ।  
ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप