गोकर्णेश्वरमा मृत भेटिएकी छात्राले आत्महत्या गरेको प्रहरीको निष्कर्ष
चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई चैत २५ मा मृत फेला परेकी थिइन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।
बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब थियो । राईले आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ । घटनास्थलमा विषको बट्टा पनि फेला परेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले विष सेवन पछि नीलाले बायाँ हातको नाडीमा गहिरो हुनेगरी काटेर आत्महत्या गरेको रातोपाटीलाई बताए ।
उनी काठमाडौं महानगरपालिका–६ कपनस्थित सरस्वतीनगरमा अरु दुई छात्रासँग बस्थिन् । विदेशमा बस्ने एकजना पुरुषलाई नीलाले पैसा पठाएकी थिइन् । ऋण लिएर पठाएको पैसा फिर्ता नपाउँदा उनले आत्महत्याको बाटो रोजेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
नीलाको हत्या पुष्टि हुने प्रमाण नभेटिएको बताउँछन् महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपाने । विष खाएपछि आफैंले नाडीमा काट्दा नशा काटिएर रगत बगेपछि उनी जंगलबाट चिप्लिएकी देखिन्छ । प्रहरीले रुखमा अड्किएको अवस्थामा उनको शव फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण