नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।
उनले नाट्टा लाई अझ सशक्त, आधुनिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीको हकहित संरक्षण, नीतिगत सुधार, सरकारसँग प्रभावकारी समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, डिजिटल रूपान्तरण, युवा नेतृत्व विकास तथा सदस्य सेवाको विस्तारलाई आफ्नो प्राथमिकतामा राख्ने उनले बताएका छन्।
पाण्डेले पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले नाट्टा लाई व्यवसायीहरूको साझा आवाज र नीतिगत सुधारका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
नाट्टा को २०२०–२०२२ कार्यसमितिमा सदस्य रहिसकेका पाण्डेले आगामी नेतृत्व सामूहिक हुने बताउँदै देशभरका सदस्यसँग प्रत्यक्ष संवाद गरी सुझावका आधारमा संस्थालाई अझ व्यावसायिक, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण