आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही हुन्छ : निर्वाचन आयोग
बिहीबार, ०१ वैशाख २०७९, १६ : ४१
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने प्रस्ट पारेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको जनाएका हुन् ।
‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’ साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापनाको आवश्यक : मन्त्री अर्याल
-
माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन
-
वाइ वाइ : स्वादसँगै गुणस्तरमा अब्बल
-
सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ हुँदा जे देखियो, तस्बिरहरु
-
अबको संसद् बैठकमा कांग्रेसले के गर्छ ?
-
‘मृत्युको गुफा’ जहाँ छिर्ने जो कोही मर्छन्