एन्फा चुनाव : धादिङमा दीपक, मोरङमा सन्जिव
आइतबार, ०४ वैशाख २०७९, १९ : ४९
अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भैरहेका छन् । एन्फाको जिल्ला निर्वाचन दश गतेसम्म सक्ने कार्यतालिका रहेको छ ।
केन्द्रीय निर्वाचनका लागि ४८ जिल्लामा निर्वाचन हुँदैछ । त्यसमध्ये ४५ जिल्लाले मताधिकार पाउनेछन् । आइतबार पनि थप जिल्लाहरूले नयाँ नेतृत्व पाएको छ । मोरङ जिल्ला फुटबल संघ चुनावमा अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।
बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो । त्यस्तै धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपक खतिवडा निर्वाचित भएका छन् । उनी साधारण सभामार्फत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए ।
अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् । एन्फाको आसन्न निर्वाचन बैशाख ६ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण