बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एन्फा चुनाव : धादिङमा दीपक, मोरङमा सन्जिव

आइतबार, ०४ वैशाख २०७९, १९ : ४९
आइतबार, ०४ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भैरहेका छन् । एन्फाको जिल्ला निर्वाचन दश गतेसम्म सक्ने कार्यतालिका रहेको छ ।

केन्द्रीय निर्वाचनका लागि ४८ जिल्लामा निर्वाचन हुँदैछ । त्यसमध्ये ४५ जिल्लाले मताधिकार पाउनेछन् । आइतबार पनि थप जिल्लाहरूले नयाँ नेतृत्व पाएको छ । मोरङ जिल्ला फुटबल संघ चुनावमा अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।

बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो । त्यस्तै धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपक खतिवडा निर्वाचित भएका छन् । उनी साधारण सभामार्फत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए ।

अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् । एन्फाको आसन्न निर्वाचन बैशाख ६ गते हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप