सुर्खेतमा १५ अर्ब लागतमा सुर्यतारा सिमेन्ट उद्योगको स्थापना हुँदै
सुर्खेतमा सुर्यतारा सिमेन्ट उद्योग स्थापना हुने भएको छ। सोही विषयमा सोमबार कर्णाली प्रदेश सरकार र उद्योगका प्रतिनिधिबीच छलफल समेत भएको छ । जिल्लाको बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने जवाफ दिएका छन् ।
उनले भने, ‘खानी र उद्योगसम्म सडक तथा पानी पुर्याउन प्रदेश सरकारले तत्काल काम थालनी गर्ने समेत बताए । बाह्य लगानी नआउँदासम्म कर्णालीको विकास हुँदैन । बाह्य लगानी भित्र्याउन प्रदेश सरकार आवश्यक सहजीकरण र समन्वय गर्न तयार छ ।’
साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा कर लगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने बताए । झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्नेछ । त्यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुङ्ग्याएको छ ।
सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको प्रक्रियामा रहेको जानकारी दिए । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ,’ उनले भने,‘ बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
-
कोशी प्रदेश सरकारको बजेट खर्च ६ वर्ष यताकै कम, विकास खर्च लगातार घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण