जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
सारांश
- चितवनमा अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ ।
- हिजो साँझदेखि मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
- आज बिहान जलविले नजिकै फेरि पहिरो झरेको छ र यसलाई हटाउन मेशिनहरू परिचालन गरिएको छ ।
चितवन । अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठक बसी सुरक्षाको दृष्टिकोणले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार हिजो साँझदेखि मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । हिजो बेलुका अबेरसम्म पहिरो पन्छाएर बिच बाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको भए पनि वर्षा नरोकिएकाले जोखिम कायमै रहेको छ ।
आज बिहान ६:३० बजेको अपडेट अनुसार, यस सडक खण्डको जलबिरे नजिकै फेरि पहिरो झरेको छ । उक्त पहिरो हटाउनका लागि सम्बन्धित स्थानमा मेशिनहरू परिचालन भइसकेको सडक डिभिजनले जानकारी दिएको छ ।
निरन्तरको वर्षाले गर्दा सो क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने उच्च जोखिम रहेकाले प्रशासनले वैकल्पिक मार्गको प्रयोग गर्न वा अर्को सूचना नआउन्जेल सुरक्षित स्थानमा रहन यात्रुहरूलाई सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण