मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

मङ्गलबार, ३० असार २०८३, ०० : ३८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सप्तकोसी नदीमा पानीको बहाव बढेको छ।
  • जोखिमका कारण कोसी ब्यारेजका २० ढोका खोलिए।
  • ब्यारेजमा रातो बत्ती र झण्डा फहराइएको छ।

सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप