सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

ठुलो मात्रामा लागूऔषधसहित ५ भारतीय पोखराबाट पक्राउ

सोमबार, २९ असार २०८३, १९ : ०१
सोमबार, २९ असार २०८३

पोखरा । पोखराबाट ठुलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ पक्राउ परेका छन् । 

असार २८ गते राति करिब १० बजे पोखरा महानगरपालिका–३२ मझुवामा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।  

लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन जाँच गरेपछि उनीहरूलाई पक्राउ गरेको हो । 

पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ ई वाई ७७०४ नम्बरको कारबाट लागूऔषध बरामद गरेको हो । उनीहरूको साथबाट डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी जम्मा १ हजार ८४८ एम्पुल लागूऔषध बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी बीरेन्द्र पासवानले जानकारी दिए । 

त्यसैगरी नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा ५ थान मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अभिषेक कुमार छन्। 

पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको पासवानले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप