मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
काठमाडौँ । कास्कीको मादी गाउँपालिका–५ स्थित काउरेमा असार २९ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुई जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोही ठाउँको थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग ११ प ८९४० नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
सो दुर्घटनाबारे अस्थायी प्रहरी चौकी छाचोकले जानकारी गराए पश्चात् सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश छाचोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो।
दुर्घटनामा परी सोही गाउँपालिका–७ घर भई हाल रुपा गाउँपालिका–१ बस्ने ३४ वर्षीय आकाश मल्ल र सोही ठाउँको भुमरे बस्ने अन्दाजी ५७ वर्षीय टेक बहादुर मल्ल घाइते भएका छन् ।
उद्धार पश्चात् उनीहरू दुवै जनालाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । घाइतेमध्ये टेक बहादुर मल्लको अवस्था भने गम्भीर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण