शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा गठबन्धनको बैठक, मोडालिटीबारे छलफल हुँदै

सोमबार, ०५ वैशाख २०७९, १५ : २६
सोमबार, ०५ वैशाख २०७९

केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक जारी छ । आइतबार बेलुकादेखि सुरु भएर स्थगित भएको बैठक सोमबार बिहान ११ बजेदेखि जारी रहेको हो ।

स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित जसपा नेपालको कार्यालयमा बैठक चलिरहेको जनाइएको छ । गठबन्धन आबद्ध दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा तालमेलको मोडालिटी टुङ्गो लगाउनेबारे ठोस निष्कर्ष लगाउन सकिने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

पछिल्लो पटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेस गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार प्रदेश अध्यक्षहरूको बैठक बसिरहेको छ । आइतबार भएको बैठकमा गठबन्धनका दलहरूले हरेक पालिकाको जिल्ला स्तरीय रिपोर्टिङ भएको आ( आफ्नो तर्फबाट पार्टीगतरुपमा प्रस्तुत गरेको जसपा मधेस प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप