मधेश प्रदेशमा गठबन्धन दलले जिल्ला अध्यक्षहरूसँग छलफल गर्दै
मधेस प्रदेश पाँच दलीय गठबन्धन जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने भएको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्ने भएका हुन् ।
जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिने जनाइएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।
तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गरिन लागिएको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । उनले आइतबारदेखि बसिरहेको प्रदेश पदाधिकारीको बैठकमा नेताहरुले जिल्लागतरुपमा आ-आफ्नो पार्टीको अवस्थासहितको दावी प्रस्तुत गरिएको बताइएको छ । जिल्लाका अध्यक्षहरूसँग छलफल गरेर मंगलबारसम्म निष्कर्षमा पुगिने अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण