शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशमा गठबन्धन दलले जिल्ला अध्यक्षहरूसँग छलफल गर्दै

सोमबार, ०५ वैशाख २०७९, १७ : ०१
सोमबार, ०५ वैशाख २०७९

मधेस प्रदेश पाँच दलीय गठबन्धन जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने भएको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्ने भएका हुन् ।

जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिने जनाइएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।

तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गरिन लागिएको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । उनले आइतबारदेखि बसिरहेको प्रदेश पदाधिकारीको बैठकमा  नेताहरुले जिल्लागतरुपमा आ-आफ्नो पार्टीको अवस्थासहितको दावी प्रस्तुत गरिएको बताइएको छ । जिल्लाका अध्यक्षहरूसँग छलफल गरेर मंगलबारसम्म निष्कर्षमा पुगिने अध्यक्ष यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप