नयाँ मिस नेपालको खोजी सुरु
मङ्गलबार, ०६ वैशाख २०७९, १० : ४८
नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको छ । आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै ‘मिस नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।
मिस नेपाल प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ । अगामी ४ असारमा प्रतियोगिताको फाइनल आयोजना हुनेछ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको आयोजकले जनाएको छ ।
सातै प्रदेशमा अडिसन हुने प्रतियोगिताको वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ । सबै जात, धर्म र सम्प्रदायका भाग लिन सक्ने मिस नेपालमा सहभागिताका लागि निःशुल्क ब्यवस्था भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण