पल शाह प्रकरण : पीडित बालिकाका बुबा पनि ‘होस्टाइल’
नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान दिएका हुन् ।
तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।
यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् । तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए । उनीहरुले मिति र समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए ।
गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते अभिनेतासमेत रहेका अभियुक्त पल शाहले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सरकारी वकिलमार्फत् नवलपुर र तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
अदालतमा मुद्दा दायर भएपछि तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दुवैले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन भन्दै पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि शाह हाल तनहुँ कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।
पीडित भनिएकी नाबालिग र जाहेरवाला अर्थात् पीडितका बुवाले समेत पहिले दिएको जाहेरीलाई नै खण्डन गर्ने गरी होस्टाइल बयान दिएसँगै अभिनेता शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । यद्यपि पीडित र पीडित परिवारले होस्टाइल भएर बयान दिँदैमा अन्य प्रमाणबाट बलात्कार पुष्टी हुने आधार देखिएको अवस्थामा भने अदालतले कसुर ठहर गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
