शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानको आर्थिक संकटले बालबालिकाको स्वास्थ्यमा खतरा : युनिसेफ

बुधबार, ०७ वैशाख २०७९, २० : ४८
बुधबार, ०७ वैशाख २०७९

उच्च लागत र मुद्रास्फीति जस्ता विश्वव्यापी आर्थिक तरलताका स्थितिले लेबनानको संकट लाई थप बढाएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) ले बुधबार जनाएको छ । 

रिपोर्टमा यहाँका बालबालिकाको स्वास्थ्यमा निम्तिएको गम्भीर परिणामहरू पनि समावेश छन् । संयुक्त राष्ट्रसंघीय बाल कोषले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ८० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका र धेरै परिवारले आफ्ना छोराछोरीलाई उपचारका लागि स्वास्थ्य सेवा केन्द्रमा लैजान यातायात खर्चसमेत जुटाउन सक्दैनन् र धेरैले आफ्ना छोराछोरीलाई बाँच्न र फस्टाउन आवश्यक खानेकुरा र पोषण दिन सकेका छैनन् ।

लेबनानमा युनिसेफका प्रतिनिधि एट्टी हिगिन्सले भने, “आर्थिक संकटले स्वास्थ्य क्षेत्रमा समस्या उत्पन्न गरेको छ । औषधी तथा उपकरणहरूको आयातमा सीमितता आएको कारण खासगरी महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको गुणस्तरलाई गम्भीर रूपमा असर गरेको छ । समस्याका कारण खोप दरमा पनि कमी आएको देखिन्छ र बच्चाहरू दादुरा, डिप्थेरिया र निमोनियाजस्ता घातक रोगहरूको सिकार भएका छन् ।”

बच्चाहरूको नियमित खोप ३१ प्रतिशतले कम भएको छ । यद्यपि यो दर पहिले नै कम भइसकेको र यसका कारण असुरक्षित भनिएका बालबालिकाहरूको ठूलो मात्रामा रोगहरू देखा परेका छन् ।

युनिसेफले लेबनान सरकार र सबै हितग्राहीहरूलाई खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूविरुद्ध खोप लगाउने प्रयासलाई बढाउन र बालबालिका तथा महिलाको पोषणको व्यवस्थामा सुधार गर्न आह्वान गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप