युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा
आर्सनलले युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाइएको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्टी साकाले एक–एक गोल गरे ।
युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । नुनोले खेलको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।३२औँ मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दा युनाइटेड २–१ गोलको अवस्थामा आयो ।
५७औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले गोलमा परिणत गर्न सकेनन् ।त्यसपछि १७औँ मिनेटमा ग्रान्टीले गोल गर्दै आर्सनललाई ३–१ गेलको जित दिलाए । जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित युनाइटेड ३४ खेलबाट ५४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण