मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने

सोमबार, २९ असार २०८३, १७ : २९
सोमबार, २९ असार २०८३

काठमाडौँ। सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी A27 5G स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले युवा प्रयोगकर्तालाई लक्षित गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता योजनासहित नयाँ फोन बजारमा ल्याएको जनाएको छ।

सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी A सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनका अनुसार २४ महिनासम्मको ईएमआई सुविधाले ग्राहकलाई सहज रूपमा नयाँ प्रविधिको अनुभव लिन मद्दत गर्नेछ।

ग्यालेक्सी A27 5G मा ६.७ इन्चको एफएचडी+ सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र इन्फिनिटी–ओ डिजाइन रहेको छ। फोन लाइट ग्रिन, लाइट पिङ्क र ब्ल्याक रङमा उपलब्ध हुनेछ।

फोनमा ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ प्रोसेसर प्रयोग गरिएको छ, जसले भिडियो स्ट्रिमिङ, गेमिङ तथा एआई एप प्रयोग गर्दा सहज कार्यसम्पादन दिने कम्पनीको दाबी छ।

यसमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा, गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता एआई असिस्टेन्टको सपोर्ट पनि उपलब्ध छ। कम्पनीका अनुसार विद्यार्थी, व्यवसायी तथा मिटिङका नोट रेकर्ड गर्न चाहने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुनेछ।

क्यामेरातर्फ ५० मेगापिक्सेलको अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) सहितको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड, २ मेगापिक्सेल म्याक्रो र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।

फोनमा ५,००० एमएएच ब्याट्री, २५ वाट फास्ट चार्जिङ, एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा रहेको छ।

नेपाली बजारमा ६ जीबी र्याम/१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ५५ हजार ९९९ तोकिएको छ भने ८ जीबी र्याम/५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६९ हजार ९९९ रहेको छ।

कम्पनीले नयाँ फोन खरिद गर्ने ग्राहकका लागि पुरानो फोन साट्न सकिने एक्सचेन्ज योजना पनि ल्याएको छ। यस योजनाअन्तर्गत पुरानो फोनको मूल्याङ्कनबाहेक थप रु ८ हजार बोनस उपलब्ध गराइनेछ।

त्यसैगरी ग्राहकले बिना डाउन पेमेन्ट २४ महिनासम्मको ईएमआई सुविधामा प्रतिमहिना रु १ हजार ५१९ तिरेर फोन खरिद गर्न सक्नेछन्। कम्पनीले फोन खरिद गर्ने ग्राहकलाई १२० जीबी एनसेल डाटा पनि उपहारस्वरूप उपलब्ध गराउने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप