आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको मेयरमा ११ जनाले गरे मनोनयन दर्ता

आइतबार, ११ वैशाख २०७९, १८ : ५४
आइतबार, ११ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार पहिलो दिन मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले मनोनयन दर्ता गराएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा मालेबाट सूर्यप्रसाद रेग्मीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट भरतपुरको मेयर पदमा रुद्रप्रसाद सापकोटा, यामकान्त शर्मा कंडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयन दर्ता गराएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।

त्यसैगरी भरतपुर महानगरपालिकाको उपमेयर पदमा ३ जनाले मनोनयन दर्ता गराएका छन् । भरतपुरको उपमेयर पदका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा मालेबाट इन्दिरा शर्मा गौलीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

मनोनयनको पहिलो दिन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका ठूला दलहरुले कुनै पनि पदमा मनोनयन दर्ता नगराएको उनले बताए । उनीहरुले भोलीमात्र मनोनयन दर्ता गराउने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप