नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने
काठमाडौं । सत्ता गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।
बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा क्रमश केशव विष्ट, चिनबहादुर गुरुङ र जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गठबन्धनको सहमति अनुसार ६ महानगर र ११ उपमहानगरका २४ पदमध्ये ६ वटा पदमा समाजवादीका तर्फबाट साझा उम्मेदवार बन्नेछन् । पाँच दलबीच महानगर उपमहानगरमा भएको भागबण्डामा समाजवादीले पोखरा महानगरको मेयर, हेटौडा उपमहानगरको मेयर तथा काठमाडौ महानगरको उपमेयरको उम्मेदवार पाएको छ । त्यस्तै इटहरी, बुटवल र तुलसीपुर उपमहानगरको उपमेयर पनि समाजवादीको भागमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण