नीताको फिल्म ‘ह्रस्व दीर्घ’, भित्रिए प्रदीप सिंह
अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् । नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक मुख्य भुमिकामा प्रदीप सिंह अनुबन्धित भएको जनाएकी हुुन् ।
विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन् । फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् । ‘ह्रस्व दीर्घ’ मा साउथ इन्डस्ट्रीका अर्का एक चर्चित कलाकारलाई पनि अनुबन्ध गर्ने तयारीमा निर्माण टिमको छ । फिल्मलाई प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उद्देश्यसहित नीता र हरिहरले भारतीय कलाकारलाई पनि फिल्ममा स्थान दिन लागेका हुनु ।
नेपाल र भारतमा छायांकन हुने बताइएको फिल्म नेपाली र हिन्दी भाषामै तयार हुनेछ । फिल्म चन्द्र पन्तले निर्देशन गर्न लागेका हुन् । आगामी असारदेखि छायांकन सुरु हुने फिल्ममा नीता र हरिहरको मुख्य भूमिका रहनेछ । सलोन बस्नेतको पनि अभिनय रहने फिल्म बलिउडका चर्चित छायांकार कविर लालले छायांकन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण